अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई रु ३२ हजार घुससहित आज पक्राउ गरेको छ ।
आयोगकाअनुसार साउदी अरेवियन सवारी चालक अनुमतिपत्रको आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाई दिने प्रयोजनको लागि सेवाग्राहीसंग विभिन्न बहानामा घुस माग्दै रहेको बेला आयोगको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
उनीहरुले लेखापढी व्यवसायी अशोक कार्की मार्फत घुस रकम वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस