Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, १३ : १७ मा प्रकाशित

केपी ओलीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले दरबारमार्गमा सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले अराजकता रोक्न नसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले शक्ति प्रदर्शन गर्न लागेको भन्दै टिप्पणी गरेका छन् ।

उनले एमाले अध्यक्ष ओलीलाई सरकारले दिएको सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग गरेर जुलुसमा भाग नलिनसमेत सुझाव दिएका छन् ।उनले प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन भन्ने बुझ्नुपर्ने भन्दै शक्तिको पृथकीकरण र सन्तुलन चैँ लोकतन्त्र भएको बताएका छन् ।

‘आफ्नै पार्टीका कार्यकर्ताहरूको सुरक्षा घेरामा कार्यक्रमस्थल पुगून् । र, भनून्- एउटा पार्टीको भेलाले उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त हुँदा सरकार के हेरिराखेको छ ?,’ नेता कार्कीले लेखेका छन्, ‘सरकारको निकम्मा व्यवस्थापनले झण्डै-झन्डै म नै कार्यक्रमस्थलमा ढिला पुग्न परेको !’

‘गति नै छोडेपछि सीमा राखेर के गति छोड्नु कमरेड ? नत्र, प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन भन्ने बुझ्नु पर्ने हो,शक्तिको पृथकीकरण र सन्तुलन नै लोकतन्त्र हो । सडकमा पनि म, सरकारमा पनि म, अदालतमा पनि म, अख्तियारमा पनि म, संसदमा पनि म, प्रहरी प्रशासनमा पनि म भन्ने कुरा लोकतन्त्र होइन ।’

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको