Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएको छ, सरकारले गम्भीर ध्यान दिनुपर्छ - अध्यक्ष कार्की

अर्थ संसार

शनिबार, १७ जेठ २०८२, २० : ४५ मा प्रकाशित

आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएको छ, सरकारले  गम्भीर ध्यान दिनुपर्छ - अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका विद्युत् आयोजना समयमै सम्पन्न नहुन सक्ने खतरा देखिएको बताएका छन्।

नाफिजद्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले लगानी अभावका कारण परियोजनाहरू प्रभावित भइरहेको उल्लेख गरे। 'आईपीओ जारी गर्न नपाउँदा पुँजी संकलनमा समस्या भइरहेको छ, सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्छ,' कार्कीको भनाइ थियो।

उनका अनुसार अहिले ३६५ वटा विद्युत् आयोजनाहरूले लाइसेन्स लिएका छन्, तर पूँजी अभावले ती ठप्पजस्तै अवस्थामा छन्। “५६०० मेगावाट क्षमताका आयोजनाहरू लाइसेन्स लिएर बसेका छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका रन अफ रिभर आयोजना प्रस्तावित अवस्थामा छन्,” उनले जानकारी दिए।

कार्कीले विद्युत् खरिदबारेको नीतिमाथि पनि प्रश्न उठाए। 'चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन भइसकेपछि पनि खपत नहुन सक्ने सम्भावना छ,' उनले भने।

खनाल आयोगको सिफारिसहरूले पनि ऊर्जा क्षेत्रमा अन्योलता सिर्जना गरेको भन्दै उनले स्पष्ट नीति र लगानीमैत्री वातावरण निर्माणको माग गरे। ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले समयमै नीति सुधार गर्नुपर्ने कार्कीको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको