Like us!
Follow us!
Connect us!
Watch us!

मृत्युदण्ड सुनाइएका भारतीय अधिकारीले गरे आमा र धर्मपत्नीसँग सम्वाद

मंगलबार, ११ पुस २०७४, १३ : १६ मा प्रकाशित

मृत्युदण्ड सुनाइएका भारतीय अधिकारीले गरे आमा र धर्मपत्नीसँग सम्वाद

अर्थ संसार, इश्लामावाद, पाकिस्तान– पाकिस्तानमा नियन्त्रणपछि मृत्युदण्डको सजायँ सुनाइएका भारतीय नौसेनालाई सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ ।

पाकिस्तान विरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि उहाँलाई भारतको आग्रहमा मृत्यु दण्ड नदिई काराबासमा राखिएको छ ।

मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई सिसाबाट देखिने र माइक्रोफोनबाट सुनिनेगरी बोल्ने र भेट्ने व्यवस्था मन्त्रालयले गरेको थियो ।

भेट्न र बोल्न आएका महिलाहरु भेट्नु र बोल्नु अघि र पछि निकै चिन्तित र तनावमा देखिएको अधिकारीहरुले बताएका छन् ।

भेट्न र बोल्न आएका ती आमाले छोरा र श्रीमतीले काराबासको सजाँय भोगिरहेका कैदी श्रीमान्लाई भेटेपछि आफ्ना विमान मार्फत् भारत फर्किएका छन् ।

बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानकाबीच लामो समयदेखि दुईदेशीय तीन ओटा युद्ध भएका छन् ।

आणविक हतियार भएका दुवै देशले हिमाली क्षेत्र कश्मीरलाई आफ्नो देशको भूभाग भएको दावी गर्दै आइरहेका छन् ।

रासस÷एपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको