सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिइने बताएका छन् ।
धनुषास्थित कांग्रेसका प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण कार्यक्रमका लागि सोमबार जनकपुरधाम आइपुगेका उनले बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ’ऋण होइन, अनुदान लिनुपर्छ ।’
बीआरआई परियोजनाबारे अहिले छलफल जारी रहेको र छिट्टै एउटा निष्कर्षमा पुगिने उनले बताए । ‘बीआरआई परियोजनाबारे छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ,’ उनले थपे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्दै देउवाले सत्ता गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट पारे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस