परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन प्रस्थान गरेकी हुन् । उनी मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणाको नेतृत्वमा टोली त्यसतर्फ लागेको हो ।
भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस