Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : शेरबहादुर देउवा

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, १० : ०१ मा प्रकाशित

विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गरे । उनले यी तीन वटै विधेयकहरू छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताए । उनले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रूपमा देखिएको बताए ।  सभापति देउवाले युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताए । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको उनको भनाइ छ । 

सभापति देउवाले अबको ४०/५० वर्षको अनुमान गरेर मुलुकले अवलम्बन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताए । उनले शिक्षामा रूपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको