Like us!
Follow us!
Connect us!
Watch us!

बधाइको ओइरो लागेपछि नायक पल शाहले भने:मेरो बिहेको खबरले म आफैं चकित छु

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, १३ : ५८ मा प्रकाशित

बधाइको ओइरो लागेपछि नायक पल शाहले भने:मेरो बिहेको खबरले म आफैं चकित छु

नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै खबर चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ । केही युट्युबरले उनको विवाह माघमा हुन लागेको दाबी गरिरहेका छन् । 

बिहीबार साँझ प्रशारित रजतपट नामक कार्यक्रममा रंग पत्रकार प्रकाश सुवेदीले पलले आगामी माघमा बिहे गर्न लागेको सनसनीपूर्ण खुलासा गरेका थिए । सुवेदीले कार्यक्रममै पलले सत्तारुढ दल नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृसँग लगनगाँठो कस्न लागेको सूचना पाएको जानकारी गराएका थिए ।

रजतपटमा सो रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पललाई बधाईको ओइरो लागेको छ । बधाइको ओइरो लागेपछि पल भने प्रष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् ।

आजमात्र उनले सार्वजनिक भएका समाचारप्रति अनविज्ञता प्रकट गरेका छन् । उनले सार्वजनिक भएका समाचारमा कुनै सत्यता  नभएको बताए । पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको