धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।
शुक्रबार अचानक स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए तर उनको उपचार त्यहाँ सम्भवः नहुने देखिए पछि अस्पतालले तुरून्तै नयाँ दिल्लीका लागि रेफर गरेको हो ।
मेयर हमाल निकट पारिवारिक स्रोतहरूका अनुसार उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेको थियो । तर, त्यहाँ उपचार सम्भवः नदेखिए पछि नयाँ दिल्ली पठाइएको हो ।
चिकित्सक पौडेलका अनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने त्यति जटिल भने छैन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस