भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ । यसअघि राजस्व सचिव रहेका मल्होत्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरमा नियुक्त गरेका हुन् ।
मल्होत्रा आरबीआईको २६ औं गभर्नरमा नियुक्त भएका हुन्। उनी वर्तमान गभर्नर शक्तिकान्त दासलाई प्रतिस्थापन गर्दै डिसेम्बर ११ बाट पदभार ग्रहण गर्नेछन्।
शक्तिकान्त दासको कार्यकाल डिसेम्बर १० मा समाप्त हुँदैछ। दास २०१८ मा आरबीआईका गभर्नर बनेका थिए र उनको कार्यकाल तीन वर्ष थप गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस