Like us!
Follow us!
Connect us!
Watch us!

नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या भयो: अध्यक्ष ढकाल

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, १३ : ५४ मा प्रकाशित

नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या भयो: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या भएको बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारणसभामा अध्यक्ष ढकालले नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या परेको बताएका हुन् ।

उनले अटो क्षेत्रले राज्यको राजस्वमा ठूलो योगदान पुर्याएको र बैंक तथा बिमा क्षेत्रमा पनि ठूलो योगदान दिएको उल्लेख गरे ।

अध्यक्ष ढकालले देशभरका राजमार्गहरूको समयमा निर्माण नभएकाले विभिन्न क्षेत्रमा अवरोध परेको भन्दै ती मार्गहरूलाई समयमै पूरा गर्न विशेष पहल गर्न आग्रह गरे।

\

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको