Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ०८ : ४२ मा प्रकाशित

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायतको मूल्य घटेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ  ५९ पैसा, स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैया ३० पैसा तोकिएको छ । 

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा, सिंगापुर डलर एकको खरिददर १  सय रुपैयाँ ३५ पैसा र बिक्रीदर १  सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा, कतारी रियाल १ को खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको  छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन १सयकोे खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैया ४९ पैसा र कुवेती दिनार १  को खरिददर ४ सय ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४ सय ४१ रुपैयाँ ७० पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ५९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३ सय ६० रुपैयाँ ६६ पैसा कायम गरेको छ । त्यसैगरी ओमनी रियाल १ को खरिददर ३ सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३ सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको