Like us!
Follow us!
Connect us!
Watch us!

पुष्पा २: हिन्दीमा ५९१.१ करोडको कमाई र बाहुबली २ को कीर्तिमान तोड्दै

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, ०८ : १४ मा प्रकाशित

पुष्पा २: हिन्दीमा ५९१.१ करोडको कमाई र बाहुबली २ को कीर्तिमान तोड्दै

 अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज भएको १४ दिन पुगेको छ र केही दिनमै फिल्मले भारतीय फिल्म उद्योगको बक्स अफिसका लगभग सबै रेकर्ड तोडेको छ ।

तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दीमा गत डिसेम्बर ५ मा रिलिज भएको पुष्पाः २ ले आफ्नो रिलिजको ११ औं दिनमा केजीएफः २ को ८५९.७ करोडलाई उछिनेर  भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूको सूचीमा दोस्रो स्थानमा पुगेको थियो ।

पुष्पाः २ ले रिलिजको एक दिन अघि अर्थात ४ डिसेम्बरमा १०.६५ करोड कमाएको थियो । पुष्पाः २ अहिले दोस्रो सातावाट अघि बढेको छ । जसका कारण चलचित्रको दैनिक कमाई घटेपनि चलचित्रले दैनिक २० करोडभन्दा बढी कमाई गरिरहेको छ । पुष्पा २ ले बक्स अफिसका सबै कीर्तिमान तोडेको भएपनि २०१७ मा एसएस राजामौलीको फिल्म बाहुबलीले बनाएको फिल्मको अगाडि पहाडजस्तै रेकर्ड भने कायम छ ।

सैकनिल्कको अनुसार प्रभासको फिल्म बाहुबलीः २ ले भारतमा १०३०.४२ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। पुष्पाः २ बक्स अफिसमा जुन गतिमा चलिरहेको छ, त्यो हेर्दा यो कीर्तिमान पनि छिट्टै तोड्ने देखिन्छ । 

समग्र कमाईको मामिलामा पुष्पाः २ बाहुबली २ भन्दा पछाडि भएपनि फिल्मले हिन्दीमा कलेक्शनको हिसाबले प्रभासको फिल्मको कीर्तिमान तोडेको छ । बाहुबलीः २ ले हिन्दीमा ५१०.९९ करोड कमाएको थियो भने पुष्पा २ ले अहिलेसम्म हिन्दीमा ५९१.१ करोड कमाइसकेको छ ।

पुष्पाः २ ले शाहरुख खानको हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म जवानको कीर्तिमान पनि तोडेको छ । जवानले ५८२.३१ करोड कमाएको थियो । जुन अहिले पुष्पाः २ भन्दा पछाडि छ ।

 

पुष्पा २ सन् २०२१ मा रिलिज हुने फिल्म पुष्पा द राइजको अर्को पार्ट हो। यी दुवै फिल्मलाई सुकुमार र अल्लु अर्जुनले निर्देशन गरेका हुन्, दुवै फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा छन्। चलचित्रको कथा चन्दन तस्करी गर्ने र यस क्षेत्रको सबैभन्दा शक्तिशाली माफिया बन्ने पात्रको कथा हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको