भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रमा आउने अवरोधले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले निर्माण क्षेत्रका सबै सरोकारवालाहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले ६५३ पुल निर्माणका लागि ६९ लाख रुपैयाँ मात्र छुट्याइएको विषयलाई उठाउँदै सो रकमले आवश्यक काम सम्भव हुने या नहुने प्रश्न गरे । ‘एउटा पुल बनाउन १० देखि १२ करोड रुपैयाँसम्म लाग्ने ठाउँमा यति थोरै बजेटले समस्या झन् जटिल बन्दै गएको छ,’ मन्त्री दाहालले भने । उनले भोटको राजनीतिका कारण यस्ता विषयले समस्या सिर्जना गरिरहेको बताए ।
यस्तै, आयोजना निर्माण हुँदा त्यसका उपभोक्तालाई प्राथमिकता दिने र उत्पादनलाई बजारसम्म पु¥याउने योजनामा ध्यान दिनुपर्ने उनको जोड छ । उनले नेपालमा तल्लो तहबाट आउने योजनाहरूभन्दा पनि माथिल्लो स्तरबाट छनोट हुने योजनाहरू समस्याको कारण बनेको गुनासो गरे
उनले भने ,'हामीले विकास आयोजनालाई प्राथमिकता दिन सकेका छैनौं, जसका कारण प्रभावकारी प्रतिफल पाउन गाह्रो भइरहेको छ। हाम्रो ऐन र कानुनहरू विकासमैत्री छन् कि छैनन् भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक छ,'
।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस