Like us!
Follow us!
Connect us!
Watch us!

आराध्याको समारोहमा अभिषेक र ऐश्वर्याको जोडीको साथ, हल्लाहरूको अन्त्य

अर्थ संसार

शनिबार, ०६ पुस २०८१, १९ : ५३ मा प्रकाशित

आराध्याको समारोहमा अभिषेक र ऐश्वर्याको जोडीको साथ, हल्लाहरूको अन्त्य

हालै सामाजिक सञ्जालमा ऐश्वर्या राई र अभिषेक बच्चनका धेरै भिडियोहरु आएका छन् । 

यो जोडीको पछिल्लो भिडियोहरु सार्वजनिक हुने बित्तिकै उनीहरु भाइरल भएका छन । यी भिडियोहरू दम्पतीकी छोरी आराध्याको वार्षिक समारोहका थिए, जसमा बच्चन परिवार सहभागी भएको थियो।

यस क्रममा ऐश्वर्या र अभिषेक मात्रै नभई आफ्नी नातिनीको वार्षिक समारोहमा अमिताभ बच्चन पनि सँगै देखिएका थिए । यसैबीच, आज आराध्याको स्कुल फंक्शनको दोस्रो दिन थियो र यसै क्रममा बच्चन बुहारी र छोरा फेरि एकसाथ देखिए ।

वास्तवमा ऐश्वर्या राय र अभिषेक बच्चनबीच केही पनि राम्रो नभएको र सम्बन्धविच्छेद गरेर यो जोडी अलग हुने हल्ला लामो समयदेखि चलिरहेको थियो । यस्तो हल्ला पहिलो पटक बाहिर नआए पनि लामो समयदेखि यस्तै कुराहरु भइरहेका थिए । जोडीको भिडियो सार्वजनिक हुने बित्तिकै सबैले झुटो अफवाहको जवाफ पाएका छन । 

सामाजिक सञ्जालमा ऐश्वर्या राई र अभिषेक बच्चनको नयाँ भिडियो सार्वजनिक भए पछि उनीहरुका फयानहरु पनि खुसी भएका छन । ती भिडियोहरुमा ऐश्वर्याकी आमा अर्थात् आराध्याकी हजुरआमा पनि नातिनीको वार्षिक समारोहमा सहभागी भएकी छन् । यस क्रममा ऐश्वर्या आफ्नी आमासँग देखिएकी थिइन् । भिडियोमा अभिषेक बच्चन पनि देखिएका छन् ।

समय समयमा ऐश्वर्या राई र अभिषेक बच्चनको बिछोडको चर्चा सुन्ने गर्दथ्यौ तर अब यी भिडियोहरु आएपछि सबैले आफ्नो जवाफ पाएका छन् र अब सबैलाई थाहा भएको छ कि यो जोडीको सबै कुरा ठिक छ । सबन्ध बिच्छेद र मनमुटावका हल्ला हल्ला मात्रै हुन । 

6766ccae9c0ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको