Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्नेलाई सरकारले ठेगान लगाउनुपर्छ : देवेन्द्र पौडेल

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, ११ : ४६ मा प्रकाशित

सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्नेलाई सरकारले ठेगान लगाउनुपर्छ : देवेन्द्र पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकलाई सरकारले ठेगान लगाउनपर्ने बताएका छन् ।

उनले सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै ऋण तिर्दिन भन्न नपाइने बताए।

'सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ', पौडेलले भने ।

सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको