Like us!
Follow us!
Connect us!
Watch us!

दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्दिने

अर्थ संसार

बुधबार, १० पुस २०८१, १४ : ४७ मा प्रकाशित

दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्दिने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ । 

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो । 

ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो ।

प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन–आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्‍याएका थिए ।

लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने जनाएको छ । उक्त गाडिको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ । जसको कर १५ लाखभन्दा बढी हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको