अर्थ संसार
काठमाडौं–म्यादी प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नौ तोकिएको म्याद आधा सकिन लाग्दा मन्त्री परिषद विस्तार गर्ने भएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट १० जना राज्यमन्त्री थप्ने उनको योजना छ । कांग्रेसले राज्यमन्त्री थप्न १० जनाको नाम मंगलबार प्रधानमन्त्रीलाई बुझाएको थियो। कांग्रेसले उनीहरुले सम्हाल्ने मन्त्रालयसमेत तोकेको छ ।
कांग्रेसले सभापति शेरबहादुर देउवा पक्षबाट ५ जना, रामचन्द्र पौडेल पक्षबाट ३ र कृष्णप्रसाद सिटौला तथा खुमबहादुर खड्का पक्षबाट एकएक जनालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । देउवा पक्षबाट दीलिपकुमार गच्छदार श्रम तथा रोजगार, सुरेन्द्र आचार्य सिञ्चाई, दीर्घराज भाट भौतिक पूर्वाधार तथा यातायात, सुवर्ण ज्वारचन सहरी विकास र सीताराम मेहता वन तथा भूसंरक्षण राज्यमन्त्रीमा सिफारिस गरेको हो ।
उता रामचन्द्र पौडेल पक्षबाट दीपक खड्का खानेपानी तथा सरसफाइ, मिठू मल्ल वाणिज्य र कञ्चनकुमार वादे उद्योग राज्यमन्त्रीमा सिफारिस भएका छन्। यस्तै सिटौला पक्षबाट तारामान गुरुङ स्वास्थ्य र खुमबहादुर खड्का पक्षबाट इन्द्र बानियाँ संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीमा सिफारिस भएका हुन्। यसअघि प्रधानमन्त्री उपप्रधानमन्त्री र मन्त्री गरी ३१ सदस्यीय रहेको मन्त्रिपरिषद बिस्तार भएपछि ४१ सदस्यीय हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस