Like us!
Follow us!
Connect us!
Watch us!

भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

अर्थ संसार

शुक्रबार, १२ पुस २०८१, ०९ : ३२ मा प्रकाशित

भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।

कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन । 

‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी हाम्रा सबै कार्यक्रम रद्द गरेर दिल्ली फर्कदैछौं।’

उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख ब्यक्त गरेका छन ।  ‘डा. मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्बन्धित विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं। उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो। दुखको यस घडीमा डा. मनमोहन सिंहजीको परिवार, उहाँका साथीहरू र अनगिन्ती प्रशंसकहरूसँग मेरो समवेदना छ। ओम शान्ति ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको