Like us!
Follow us!
Connect us!
Watch us!

गोरखकाली रबर, उदयपुर सिमेन्टलगायत उद्योग पुनः सञ्चालनमा छलफल

अर्थ संसार

शनिबार, १३ पुस २०८१, १९ : ५० मा प्रकाशित

गोरखकाली रबर, उदयपुर सिमेन्टलगायत उद्योग पुनः सञ्चालनमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि बन्द र अन्योलको स्थितिमा रहेका प्रमुख उद्योगहरूको पुनः सञ्चालनको विषयमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको यो छलफलमा गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट, कपडा उद्योग र नेपाल ओरियण्ट उद्योग पुनः सञ्चालनका लागि रणनीति बनाउने विषयमा गहन छलफल भएको थियो।

सरकारले यी उद्योगहरूलाई सरकारी स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा अन्य उपयुक्त ढाँचा अपनाएर सञ्चालन गर्न योजनाबद्ध कार्य गर्ने तयारी गरिरहेको छ। उद्योगहरू पुनः सञ्चालन भएपछि उत्पादन र रोजगारी अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले यी उद्योगहरूको पुनर्जागरणले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र रोजगारी सृजना गर्ने ठोस कदमका लागि योजना तयार पार्न निर्देशन दिएका छन्।

यस छलफलमा पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन प्रगतिबारे जानकारी गराउनुका साथै लघु, घरेलु र साना उद्योग प्रवर्द्धन नीति, २०८१, राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१, र स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो।

उद्योगमन्त्री दामोदर भण्डारी र सचिव गोविन्दबहादुर कार्कीको उपस्थिति रहेको छलफलमा यी उद्योगहरूलाई निजी साझेदारीमार्फत पुनः सञ्चालन गरिनु देशको समृद्धि यात्राका लागि निर्णायक कदम हुने निष्कर्ष निकालिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको