Like us!
Follow us!
Connect us!
Watch us!

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ- प्रधानमन्त्री ओली

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १५ : २७ मा प्रकाशित

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ- प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताएका छन् । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा आफूले असहमति राखेको उनले बताएका हुन् । 

ललितपुरको सनराइज सभा हलमा आजदेखि शुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताएका हुन् । ओलीले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको