लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएको छ । आइतबार काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गर्नु परेको छ ।
हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएकाे हाे। पाइलटले थप जोखिम नलिएकाले सुरक्षित स्थानमा अवतरण गराएका हुन् ।
उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार रहेका छन् । यद्यपी, हलिकप्टरमा भने कुनै क्षति भएको छैन। अहिले भने हेलिकप्टर पुनः उडाउन लागिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस