नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएर सुशासन कायम नहुने बताएका छन् ।
महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित गर्दै यस्तो बताएका हुन् ।
गुरुङले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो । गुरुङले भने,‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानविन हुनुपर्छ,’ नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्ने गुरुङको जोड थियो ।
उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे मन्त्री बन्न नपाएकाहरूले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको उनको आरोप थियो । कांग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रुपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने विचार राखे ।
\
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस