Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव नबोकौँ– धनराज गुरुङ

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १५ : ३४ मा प्रकाशित

अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव नबोकौँ– धनराज गुरुङ

सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले मुलुक आर्थिक महासङ्कटमा परेकाले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए। 

“सत्ता र प्रतिपक्षको भाव बोकेर होइन, एक ठाउँमा बसेर काम गर्नुपर्छ”, उनले भने, “समाधानको उपाय खोज्नुपर्छ, पुँजीगत खर्च कटौती गर्न खोजिएको आभाष भएको छ, पुँजीगत खर्च कटौती गरेर मुलुकलाई उभोगतितर्फ लैजान सकिँदैन ।”

वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई टेवा दिनुपर्ने जनाउँदै उनले नेपालमा उपलब्ध निकासीजन्य वस्तुलाई यो अवस्थामा प्रयोग नगरे कहिले गर्ने? भन्दै प्रश्न गरे। भ्रष्टाचार मुलुकको आर्थिक समृद्धिमा बाधक रहेको भन्दै सांसद गुरुङले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गरे । 

सांसद भीमप्रसाद आचार्यले नेपालको संविधानले तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको भन्दै सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधान गर्न सरकारले ध्यान दिन नसकेको बताए । रुपान्तरणकारी आयोजनाको निर्माण गर्न तोकिएको भन्दा धेरै समय लाग्दा राजस्व सिर्जनाको वातावरण नबनेको भन्दै उनले त्यस्ता परियोजना समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए। 

सांसद महेन्द्रबहादुर शाहीले मुलुकका बारेमा सदनदेखि सडकसम्म वहस भइरहँदा दिनप्रतिदिन अवस्था खस्किरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीय ऐन बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले निजामती, प्रहरीलगायत विधेयक तत्काल संसद्मा ल्याउन माग गरे । 

    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको