Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १३ : ०१ मा प्रकाशित

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित

मिटरब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित भएको छ ।

आज (बिहीबार) बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधनसहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संशोधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुनः पारित गर्नका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको