नागरिक लगानी कोषले लाभांश सुरक्षित गर्न चाहने सेयरधनीहरूका लागि पुस २१ गते, आइतबारलाई अन्तिम मिति तोकेको छ। कोषले पुस २२ गतेदेखि आफ्नो बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका कारण यस मितिसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।
कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारण सभा पुस २९ गते, सोमबार, बिहान ११ बजे सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने तयारी गरेको छ।
यस साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयर र नगद लाभांश वितरणसँगै, सभाले सेयरधनी र सञ्चालकहरूको तर्फबाट निर्णय पुस्तिकामा हस्ताक्षर गर्न एक-एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पेस गर्नेछ।
साधारण सभामा अन्य नियमित एजेन्डाहरूमा कम्पनीको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा छलफल गर्ने, र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने विषयहरू समावेश गरिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस