Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख

अर्थ संसार

आइतबार, २० असोज २०८१, १२ : ४४ मा प्रकाशित

प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको जनाएको छ ।

शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषमा बाढीपहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको