त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ ।
बुध्द एयरको सोमबार काठमाडौंबाट भद्रपुर जाँदै गरेको उडान नम्बर ९५३ को कल साईन ९ एन एजेएसको दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएपछि सवा ११ बजे काठमाडौं डाईभर्ट गरेर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बुद्ध एयरले जानकारी दिएको छ ।
आधा समय उडान गरिसकेको विमानमा समस्या आएपछि ११ः२५ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको गर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस