नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले कृषि विकास बैंक लिमिटेडको सिराहा जिल्लाको लहान शाखा र अन्य बैंक शाखाहरुमा फैलिएका भ्रमपूर्ण समाचार र सामाजिक संजालमा भइरहेको गलत प्रचारको विरोध गरेका छन्।
तीनै संस्थाले एकजुट हुँदै जारी गरेको विज्ञप्तिमा बैंकिङ्ग सेवामा उत्पन्न समस्याको बारेमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि केही असामाजिक तत्वहरूले बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै लहान शाखामा तालाबन्दी, ढुङ्गा मुढा र होहल्ला जस्ता गतिविधिहरू गरेका छन्, जसका कारण ग्राहकहरूले बैंकिङ्ग सेवामा पहुँच पाउन सकेका छैनन्।
तीन संघले भनेका छन् कि बैंकहरू नियामक निकायको निर्देशन र कानूनी प्रक्रिया अनुसार सञ्चालन गर्दै आएका छन्। यस्ता गतिविधिहरूले ग्राहकहरूको बैंकिङ्ग सेवामा पहुँच रोक्ने कार्य गरेको छ। कर्जासम्बन्धी असन्तुष्टि भए पनि, ग्राहकहरूले कानूनी प्रक्रियामा जान सक्ने अधिकार राख्दछन्।
संघहरुले भनेका छन् कि, कुनै पनि ऋणीले कर्जा नियमित रूपमा तिर्ने दायित्व पुरा गर्नु पर्छ र यस प्रकारका गतिविधिहरूको आर्थिक र सामाजिक असर दीर्घकालीन हुनेछ।
अन्त्यमा, संघहरुले आम ग्राहक र जनतालाई सामाजिक संजालमा फैलिएका गलत समाचार र अफवाहको चक्करमा नपर्न र सरकारले कानूनी प्रक्रिया अवलम्बन गर्दै आपत्तीजनक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कारवाही गर्ने अनुरोध गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस