Like us!
Follow us!
Connect us!
Watch us!

क्यालिफोर्निया डढेलो: १ खर्ब ५० अर्ब अमेरिकी डलर क्षति, लाखौं मानिस विस्थापित

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १२ : ३१ मा प्रकाशित

क्यालिफोर्निया डढेलो: १ खर्ब ५० अर्ब अमेरिकी डलर क्षति, लाखौं मानिस विस्थापित

अमेरिकाको क्यालिफोर्निया राज्यमा तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोका कारण कम्तीमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ र थप ६० हजार जोखिममा रहेको बताएका छन्। प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ। 

निरन्तरको डढेलोले लस एन्जलसका बासिन्दाहरूलाई प्रभावित पारेको छ । लस एन्जलस प्रशासनले धुवाँबाट जोगिन घरभित्रै बस्न आग्रह गरेको छ भने अत्यधिक वायुप्रदूषण बढेपछिस्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।  लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति टुटेको छ। प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ । सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको बुझिएको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको