Like us!
Follow us!
Connect us!
Watch us!

लस एन्जलस डढेलो: नेपालको बजेटभन्दा २० गुणा बढी क्षति,लाखौं मानिस विस्थापित

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, १२ : १७ मा प्रकाशित

लस एन्जलस डढेलो: नेपालको बजेटभन्दा २० गुणा बढी क्षति,लाखौं मानिस विस्थापित

अमेरिकाको लस एन्जलसमा गत मंगलबारदेखि  लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन  । आगो अझै फैलिरहेको छ।

आगलागीका कारण हजारौं घर ध्वस्त भएका छन्। गाडीहरू जलेका छन्। एटीएम काउन्टर भग्नावशेषमा परिणत भएका छन्।

आगलागीमा परेर अहिलेसम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ल कम्तीमा २३ जना हराइरहेका छन्  लाखौं मानिस विस्थापित भएका छन् । 

समाचार संस्था एएफपीका अनुसार आगो निभाउन हजारौं अग्निनियन्त्रक खटिएका छन्। तर पनि धेरै ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ।   क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्‍यसबाट आगलागी झनै फैलिनसक्ने चेतावनी दिएका छन् ।

 प्रारम्भिक अनुमानहरूमा ३७० खर्ब नेपाली रुपैयाँभन्दा बढी (२५० अर्बदेखि २७५ अर्ब डलर) को क्षति भएको छ । यो क्षति नेपालको बजेटको आकारभन्दा २० गुणा ठूलो हो । नेपालको बजेट करिब १९ खर्ब रूपैयाँ बराबरको छ ।  

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीमा परी ठूलो संख्यामा जनावरहरू पनि मरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको