माघ २ गते स्वयम्भुबाट पक्राउ परेकी आशिका तामाङ थप पाँच दिन प्रहरी हिरासतमा रहने भएकी छिन् ।
आफुलाई सामािजक अभियान्ता बताउँदै आएकी तामाङलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्यवहार गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको हो ।
पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।
सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौं जानकारी दिएको छ ।
अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस