Like us!
Follow us!
Connect us!
Watch us!

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, १४ : ५७ मा प्रकाशित

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। 

क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो।  

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपले क्यानको आचारसंहिताको धारा २.७ उल्लङ्घन गरेको पाइएको छ । म्याच रेफ्री र प्राविधिक समितिको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो । क्यानले सन्दीपसँग घटनाबारे स्पष्टीकरणसमेत माग गरेको छ।

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको