Like us!
Follow us!
Connect us!
Watch us!

कर असुलीमा तीव्रता: भैरहवाले चालु आवमा नयाँ उचाइ छुन सफल

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, ०९ : ३९ मा प्रकाशित

कर असुलीमा तीव्रता: भैरहवाले चालु आवमा नयाँ उचाइ छुन सफल

आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा (साउनदेखि पौषसम्म) राजस्व संकलनमा उल्लेखनीय सुधार गरेको छ। कार्यालयले निर्धारित लक्ष्यको ८७.४३ प्रतिशत अर्थात ५ अर्ब ५४ करोड राजस्व संकलन गरेको छ।

प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार पौष महिनामा विभागले दिएको १ अर्ब २३ करोडको लक्ष्यको विरुद्धमा १ अर्ब ३ करोड राजस्व संकलन गरिएको छ, जुन लक्ष्यको ८४.४९ प्रतिशत हो। उनले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संकलन १३.४९ प्रतिशतले वृद्धि भएको जानकारी दिए।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख, र अन्तःशुल्कतर्फ ३ अर्ब ७३ करोड राजस्व संकलन गरेको छ।

प्रमुख पोख्रेलका अनुसार अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्नेमाथि कारबाही, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, र कर परीक्षण तथा अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि भएको हो।

गत वर्षको सोही अवधिमा संकलित ४ अर्ब ७७ करोड राजस्वको तुलनामा यस वर्षको राजस्व संकलन १६ प्रतिशतले वृद्धि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको