डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।
कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत नि:शुल्क राउटरको अफर ल्याएको छ।
यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन् ।
थप जानकारीका लागि:डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस