अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ ।
ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन । दुवैजना २० वर्षभन्दा कम उमेरका युवा भएको बताइएको छ ।
शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका दुवै किशोरी त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।
मृतक दुवैजना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र इशरा भदै हुन् । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस