ताप्लेजुङका प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले सचिव योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण रोक्न नहुने बताएका छन् ।
पछिल्लो सयम देखिएको समस्या समाधानका लागि वार्ता र छलफलबाट निकास निकाल्नु पर्ने उनको भनाइ छ । बुधबार पत्रकार सम्मेलन गर्दै सांसद भट्टराईले उक्त विषयमा बारेमा १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको धारणा राखे ।
उनले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरे । .उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्ने धारणा राखे । केबलकार पक्षले ताप्लेजुबका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिनुपर्ने बताए ।
ताप्लेजुङको पाथिभर निर्माणाधीन पाथीभरा मुकुम्लुङ केवलकारविरुद्ध केही स्थानीले ‘नो केवलकार’ समूह गठन गरी विरोध प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा १२ माघमा सोही समूह र सुरक्षानिकयाबीच झडप समेत भएको थियो ।
पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य माघ ८ गतेबाट सुरु भएको थियो ।
यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सख्याँ १० लाख सम्म पुग्ने विश्वास कम्पनीले लिएको छ ।पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ ।
पाथीभरामा केबलकार निर्माणमा करिब ३ अर्ब लाग्ने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस