Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको दोस्रो त्रैमास - ४६ प्रतिशतले बढ्यो नाफा, कति छ प्रतिसेयर आम्दानी ?

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १६ : ४० मा प्रकाशित

माउन्टेन इनर्जीको दोस्रो त्रैमास -  ४६ प्रतिशतले बढ्यो नाफा, कति छ प्रतिसेयर आम्दानी ?

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा बढेको छ।

दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो ४६.३ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसाबाट बढेर १९ रुपैयाँ ६७ पैसा पुगेको छ।

यो अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ कमाएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ७३ करोड ५२ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा छ।

चुक्ता पूँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको सञ्चालन नाफा गत आवमा ४९ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको