Like us!
Follow us!
Connect us!
Watch us!

‘भ्यालेन्टाइन डे’सप्ताह -: ‘टेड्डी डे’ मा आफ्नो प्रेमिलाई कस्तो टेडी उपहार दिने ?

अर्थ संसार

सोमबार, २८ माघ २०८१, ०८ : २५ मा प्रकाशित

‘भ्यालेन्टाइन डे’सप्ताह -: ‘टेड्डी डे’ मा आफ्नो प्रेमिलाई कस्तो टेडी उपहार दिने ?

आज ‘भ्यालेन्टाइन डे’ चौथो दिन अर्थात् ‘टेडी डे’ । आफ्नो माया व्यक्त गर्ने अर्को माध्यम । भ्यालेन्टाइ डे आउन अझै चार दिन बाँकी छ । यस दिनको पर्खाइमा हरेक प्रेमीप्रेमीका छन् । 

आज विश्वभरका प्रेमीप्रेमीकाहरुले ‘टेडी डे’ एक आपसमा आदान प्रदान गरेर आफ्नो माया साटासाट गरेर मनाउँदै छन् । 

 खेलौना दिएर मनाइने हुँदा यो दिन ‘टेडी डे’ का रुपमा परिचित छ ।

तपाईंले आफ्नो प्रेमीप्रेमीकालाई कस्तो ‘टेडी डे’ उपहार दिने त ?

 

रेड टेड्डी

लामो समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवार सबै जानकार छन् भने रातो टेड्डी उपहार दिनसक्नुहुनेछ । रातो कलरको संकेत आगो र रगतसंग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो ।

कालो टेड्डी

यदि तपाईँलाई प्रपोज गर्न मान्छे मन परेको छैन भने अस्विकार पनि गर्न सक्नुहुनेछ , ‘ब्ल्याक टेड्डी ’ मार्फत ।

सेतो टेड्डि

सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ । त्यसैले सिधा कुरा गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन् । साथै पहिल्यै प्रेममा रहेकाले पनियो टेड्डी प्रयोग गर्ने चलन छ ।

सुन्ताला कलरको टेड्डी

सुन्तला कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत गर्छ । यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि तपाइँलाई उसले प्रपोज कुरिरहेको छ । अथवा, तपाईँलाई प्रपोजको उत्तम समय कुरिरहेको छ ।

निलो टेड्डि 

यदि तपाईँको एक आपसमा गहिरो प्रेम छ भने निलो रङ्गको टेड्डी उपहार दिँदा उत्म हुनेछ । आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो रङ्गको टेड्डी उपहार दिन भनिएको हो ।

ग्रीन टेड्डी

ग्रीन कलरको टेड्डीले ‘तिम्रालागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ । हरियो रङ्ग सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ ।

पिन्क टेड्डि 

गुलाबी कलरको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो । यो उपहर पाउनु भो भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै तपाईको प्रस्तावलाई स्विकार गरेको ठहर हुनेछ ।

पर्पल टेड्डी

तत्काल स्वृकार नगरेको तर छिट्टै स्वृकार गर्ने अवस्थामा यो टेड्डी प्रदान गर्न सकिन्छ । पर्पलमा रोतो र निलो रङगको सामुहिक समिश्रण पर्पल हो । यस कलरले दिगो, शक्तिशाली र आरामदायी मायाको संकेत गर्छ । तपाईँलाई यो टेड्डि प्राप्त हुदाँ थाहा पाउनुस् कि छिटै तपाइँसंग जोडिनेछन् ।

 पहेँलो टेड्डि 

पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलोप्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो ।

ब्राउन टेड्डि

तपाईँको कुराले कसैको चित्त दुखेको छ भने यो उपहार दिने चलन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको