Like us!
Follow us!
Connect us!
Watch us!

शान्दार म:म ग्यास विस्फोट अपडेट - घाइतेमध्ये २ जनाको निधन

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, १० : १८ मा प्रकाशित

शान्दार म:म ग्यास विस्फोट अपडेट -  घाइतेमध्ये २ जनाको निधन

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको निधन भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते भएका दुई जनाको सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गत बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा सानदार म:म पसलमा ग्यास सिलिण्डर विष्फोट भएको थियो । उक्त विस्फोटमा सोही पसलमा काम गर्ने ११ जना कामदारहरू घाइते भएका थिए। 

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको