भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्किएको छ ।
नेपाल १०० मा ३४ अंक पाएर १०७ औं स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपालले झिनो सुधार गरेको हो ।
धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल गत वर्ष ३५ अंक सहित १०८ औं स्थानमा थियो ।
सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस