Like us!
Follow us!
Connect us!
Watch us!

म:म पसल ग्यास विस्फोट घटना - थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

अर्थ संसार

आइतबार, ०४ फागुन २०८१, ११ : ३८ मा प्रकाशित

म:म पसल ग्यास विस्फोट घटना -  थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ ।

उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि दुई जनाको गत सोमबार निधन भइसकेको छ ।

विस्फोटमा परी १४ जना घाइते भएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको