पोखरामा शनिबार भएको बेलुन विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।
अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।
शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।
पौडेल र आचार्यलाई प्राडा विडी झा, डा। प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकर मान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली र डा.प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
पौडेल र आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार सुरु अघि बढाइएको छ।
अर्थमन्त्री पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ। कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गरिने अस्पतालले जनाएको छ।
मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस