Like us!
Follow us!
Connect us!
Watch us!

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो, कस्तो छ काठमाडौंको अवस्था ?

अर्थ संसार

आइतबार, ०४ फागुन २०८१, १४ : ०६ मा प्रकाशित

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो, कस्तो छ काठमाडौंको अवस्था ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । 

छ वटा महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरू मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायत पर्छन् ।

आयोगका अनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६.७ प्रतिशत, काठमाडौँ महानगरले ५४.३ प्रतिशत, पोखरा महानगरले ५१.५ प्रतिशत र वीरगञ्ज महानगरले ४३.१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको