Like us!
Follow us!
Connect us!
Watch us!

हलेसीमा आगलागी : निर्धन उत्थान लघुवित्तसहित तीन घर जले, करोडौंको क्षति

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, ११ : १८ मा प्रकाशित

हलेसीमा आगलागी : निर्धन उत्थान लघुवित्तसहित तीन घर जले, करोडौंको क्षति

खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजे निभाइएको हो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय हलेसीका अनुसार दुई घर पूर्णरूपमा जलेका छन् भने एक घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर पसल र ग्यास पसलमा भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार करिब १ करोड रुपैयाँभन्दा बढीको धनमाल जलेको छ।

आगलागी नियन्त्रणका लागि जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली खटिएका थिए। तर, दमकलको अभावमा आगो तत्कालै नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको स्थानीयले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको