क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएर दुर्घटना भएको छ। अमेरिकी सहर मिनेसोटाबाट क्यानडाको टोरन्टोका लागि उडान भरेको डेल्टा एयरलाइन्सको एक यात्रुवाहक विमान अवतरणका क्रममा धावनमार्गमा उल्टो पल्टिएर अड्किएको अवस्थामा पुगेपछि उद्धारकार्य तीव्र पारिएको छ।
विमानमा सवार ८० जना यात्रुहरू उद्धार गरिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।
टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएको विमानको उद्धारकार्य जारी छ।
क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले यो गम्भीर घटनाको निगरानी गरिरहेको बताएकी छन्। हाल दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको भए पनि टोरन्टोमा अहिले कठ्याङ्ग्रिँदो जाडो र तीव्र हावाहुरीको प्रभाव देखिएको छ। विमान दुर्घटनाको अनुसन्धान थालिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस