Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १५ : ०५ मा प्रकाशित

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज

‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । 

काठमाडौँको किर्तिपुर अस्पतालमा  उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । सोही घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल भने तीन दिनअघि नै डिस्चार्ज भएका थिए ।

एक विज्ञप्ति जारी गर्दै आचार्यले उपचारमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले यस कठिन समयमा स्वास्थ्यलाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद र हौसला प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनालसहित सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको