Like us!
Follow us!
Connect us!
Watch us!

विवाह बन्धनमा बाधिइन् अभिनेत्री नरगिस

अर्थ संसार

शनिबार, १० फागुन २०८१, १५ : ४४ मा प्रकाशित

विवाह बन्धनमा बाधिइन् अभिनेत्री नरगिस

बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, यो जोडीले हालै एक सामान्य समारोहमा विवाह गरेका थिए, जसमा उनीहरूका नजिकका परिवारका सदस्यहरू र साथीहरू मात्र उपस्थित थिए ।

रिपोर्टका अनुसार गोपनीयता कायम राख्न दम्पतीले समारोहको कुनै पनि तस्बिर नखिचिएको बताइएको छ । गोप्य विवाह पछि, यो जोडी हाल स्विट्जरल्याण्डमा आफ्नो हनिमून मनाइरहेका छन् । नरगिस फाखरीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो र टोनी बेगको सँगैको तस्बिर पनि सेयर गरेकी छिन् । नरगिस फाखरी र टोनी बेग विगत तीन वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ । टोनीलाई कश्मीरी मूलका व्यापारी मानिन्छ, जो हाल लस एन्जलसमा बस्छन् ।

अभिनेत्री नरगिस यसअघि अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन् । २०१३ देखि उदयसँग सम्बन्धमा रहेकी नरगिसको २०१९ मा ब्रेकअप भएको थियो । 

नरगिसको रणवीर कपूरसँगको फिल्म 'रकस्टार' बलिवुडमा प्रसिद्ध भएकी थिइन् । त्यसपछि उनी 'मद्रास क्याफे', 'फटा पोस्टर निकाला हिरो', 'मैं तेरा हिरो', 'सगसम', 'अजहर', 'ढिशूम' र 'तोरबाज' जस्ता फिल्महरूमा देखा परेकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको