Like us!
Follow us!
Connect us!
Watch us!

‘लाज शरणम्’ले पायो सेन्सर पास, निर्धारित मितिमै प्रदर्शन हुने

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १२ : ४२ मा प्रकाशित

‘लाज शरणम्’ले पायो सेन्सर पास, निर्धारित मितिमै प्रदर्शन हुने

केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)बाट चलचित्र ‘लाज शरणम्’ पास भएको छ। आज(आइतबार) सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको हो।  

केही दिनअघि पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमले आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो।

सोही रिटमा सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो। यस फिल्मलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। अब बोर्डले सेन्सर पास गरेसँगै चलचित्र तोकिएकै समयमा देशभर प्रदर्शनमा आउँदै छ। कुमार कट्टेलबाट निर्देशन भएको उक्त चलचित्र फागुन १४ गतेबाट प्रदर्शनमा आउँदै छ। 

 

67bac8b1be25a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको