सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ । कार्यालयले काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको हाे ।
यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको म्याद दिएकाे हाे ।
सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन छन्।
यी तीनवटै कम्पनीहरु जनकपुरका हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना –
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस